
बैंकिङ खबर/ हङकङका पनि ब्याजदर बढ्ने भएको छ । वित्तमन्त्री पाउल चानले ब्याजदर बढाउनुको विकल्प नभएको बताउनुभएको छ । उहाँले अहिलेको अवस्थामा ब्याजदर बढाइए पनि त्यसले सम्पत्ति बजारमा भने कुनै किसिमको असर भने नपार्ने बताउनुभएको छ ।
साउथ चाइना मर्निङ पोस्टसँगको कुराकानीमा उहाँले हङकङको ब्याजदरको निर्णय अमेरिकी केन्द्रीय बैंकअनुसार हुनु जरुरी नरहेको बताउनुभयो ।
पछिल्लो समय अमेरिकामा देखिएको महँगी नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बिहीबार ब्याजदर ७५ आधार अंकले बढाउन सक्ने अपेक्षा छ।
यसैबीच हङकङका बैंकले पनि पछिल्लो चार वर्षमा पहिलोपटक ब्याजदर बढाउने तयारी गरेका छन्। ब्याजदर बढ्नुले आगामी दिनमा हङकङको घरजग्गाको बजार थप सुस्ताउन सक्ने जानकारहरुको भनाइ छ।