२०७३ आश्विन ४ गते

एफएमओले एनएमबी बैंकको एक अर्ब रुपैयाँको सेयर किन्ने

nmb bankएनएमबी बैकको विदेशी रणनीतिक साझेदार नेदरल्यान्ड फाइनान्सियरिङ (एफएमओ) ले अर्को एक अर्ब रुपैयाँको सेयर खरीद गर्ने भएको छ । एफएमओको सर्त अनुसार एनएमबीले उसलाई २० प्रतिशत सेयर दिन लागेको नेपाल स्टक एक्सचेञ्जमा पठाएको जानकारी पत्रमा उल्लेख छ । एफएमओका अधिकारीहरु सबै विषय टुङ्ग्याउन नेपाल आउँदैछन् । बैंकको १०० रुपैयाँ अंकित दरको सेयरमा एफएमओले १५० रुपैयाँ प्रिमियम थपि प्रतिकित्ता २५० रुपैयाँमा किन्ने छ । 

एनएमबीले पाथिभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्स गाभ्दा एफएमओले सेयर संरचना वढाउन चाहेको थियो । मर्जरअघि १४ प्रतिशत सेयर रहेको एफएमओको मर्जरपछी घटेर तीन प्रतिशतमा आएको थियो ।