September 19th, 2016

एनसिसि बैंकको सीईओमा रमेशराज अर्याल

ramesh-raj-aryalनेपाल क्रेडिट एण्ड कमर्स बैंकको सीइओमा रमेशराज अर्याल नियुक्त भएका छन् । २०७२ पुस १४ गतेदेखि बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत अर्याललाई बैंकको व्यवस्थापन समितिले असोज १ गतेदेखि लागू हुने गरी अर्याललाई सिइओमा नियुक्त गरेको हो । नेपाल ग्रिण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट २६ वर्ष अगाडिदेखि बैकिङ्ग पेशा अँगालेका अर्याल विगत २० वर्षदेखि एनसीसी बैंकमा कार्यरत छन् । बैंकमा यस अघि अमृतचरण श्रेष्ठ सिइओ थिए ।
 
एनसिसि बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकले टेकओभर गरेर सञ्चालन गरिरहेको छ । एनसिसि बैंक चार वटा ठूला विकास बैंकसँग मर्जको अन्तिम चरणमा छ । एनसिसिमा इन्फ्रास्ट्रक्चर, सुप्रिम, इन्टरनेशलन र एपेक्स बैंक मर्ज हुँदैछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]