Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे क्यापिटलको कामु सीइओमा सैंजु नियुक्त

२०७९ बैशाख २८ गते

बैंकिङ खबर/ माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरजमान सैंजु नियुक्त हुनुभएको छ । वैशाख २५ को संचालक समिति बैठकले सैंजुलाई कामु सीईओको जिम्मेवारी दिएको माछापुच्छ्रे क्यापिटलले जनाएको छ। यसअघि कम्पनीको कामु सीईओमा गोविन्दप्रसाद शर्मा हुनुहुन्थ्यो ।

सैंजुसँग माछापुच्छ्रे बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा १५ वर्षभन्दा बढी काम गरेको अनुभव छ। उहाँ ट्रेजरी व्यवस्थापन, प्राइभेट इक्विटी, भेन्चर फाइनान्सिङ तथा धितोपत्र व्यवस्थापनमा दक्षता राख्नुहुन्छ ।

Ad