
बैंकिङ खबर/ सनराइज बैंक डुम्रे शाखाले गोरखा पालुङ्टार वडा नं. ७ बिरुवाटारमा आफ्नो ८९ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकिङ पहुँचबाट टाढा रहेको समुदायलाई आर्थिक कारोबार गर्न सहज होस् भन्ने उदेश्यले शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
शाखाको शुभारम्भ गर्दै प्रमुख अतिथि सोही वडाका अध्यक्ष वसन्त कुमार श्रेष्ठ यस ठाउँमा सनराईज बैंकले आफ्नो सेवा विस्तार गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले स्थानीयको आर्थिक विकाश, जीवनस्तर सुधारका साथै दैनिक जीवनमा समेत सहजता आउने भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।समुद्घाटन समारोहमा अर्का बैंकका कर्मचारी युवराज गौतमले समग्रमा बैंकले आफ्नो ग्राहकहरुलाई दिँदै आएको सेवा सुविधाको बारेमा प्रष्ट्याउनुभएको थियो ।
कार्यक्रममा बैंकको सेवा सुविधाको बारेमा जानकारी पाउँदा त्यहाँका स्थानीय निकै उत्साहित भएका थिए । बैंकको विस्तृत सेवा सुविधाको बारेमा जानकारी दिँदै कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका बैंकका शाखा प्रबन्धक सन्तोष राज वाग्लेले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै शाखाले सेवासुविधा दिन कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको संचालन बैंकका कर्मचारी मिलन गिरीले गर्नुभएको थियो ।