Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल मनि विकः नेपाल राष्ट्र बैंक वीरगञ्जद्वारा विभिन्न कार्यक्रम आयोजना

२०७८ चैत्र १३ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक,वीरगञ्जद्वारा ग्लोबल मनि विक, २०२२ का अवसमार कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले शनिबारका नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालय र वीरगञ्जस्थित ‘क’ वर्गका बैंकहरुसँगको संयुक्त आयोजना र पोखरिया नगरपालिका, पर्साको समन्वयमा पोखरिया नगरपालिकास्थित जिल्ला उचाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक राजन देव भट्टराईको सभापतित्व र पोखरिया नगरपालिकाका नगर प्रमुख दीपनारायण प्रसाद रौनियारको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सेन्चुरि कर्मसियल र्बैक तथा प्राइम बैंक वीरगञ्ज शाखाका प्रमुख शिवनाथ प्रसाद शाह र मेघनाथ सोनारले रेमिटेन्सको महत्व, पठाउने माध्यम तथा फाइदाहरुको बारेमा वार्ता प्रस्तुत गर्नुभएको थियो । रेमिटेन्स पठाउँदा बैद्य माध्यबाट पठाउन आग्रह गर्दै, हुण्डी जस्ता अवैद्यानिक माध्यमबाट पठाउँदा ठगीमा परी सम्पत्तिको नाश हुने र दण्ड तथा सजायको भागिदारसमेत बन्न सकिने भन्दै सजकता अपनाउनुपर्ने विचार राख्नुभयो ।

साथै रेमिटेन्सबाट प्राप्त आयलाई सही क्षेत्रमा लगानी गरी शिक्षा, पूर्वाधार, व्यवसाय तथा उत्पादन बढाउने क्षेत्रमा लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक राजनदेव भट्टराईले उपस्थित जनमानसमा धन्यबाद् ज्ञापन गदैं हालको वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा धारणा राख्दै नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैकिङ प्रणालीकै प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरिया नगरपालिकाका नगर प्रमुख दीपनारायण प्रसाद रौनियारले स्थानीय तहमा बैंक वित्तीय संस्थाको उपस्थिति र पहुँच बढेसँगै बैंक वित्तीय संस्थाहरुले प्रदान गर्ने सुविधाहरुको सदुपयोग गर्दै सबैले दैनिक वित्तीय कारोबारमा र रेमिटेन्स पठाउने क्रममा बैकिङ प्रणालिबाट गर्न सुझाव दिनुभयो ।  बैकिङ प्रणालीको प्रयोग गरी आफू पनि सुरक्षित रही अरुलाई पनि सुरक्षित राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका उपनिर्देशक प्रियंका बस्नेतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका उप–निर्देशक सुधा श्रेष्ठ, का.मु उप–निर्देशक कृष्ण कुमार श्रेष्ठ, सहायक निर्देशक प्रदिप बानियाँलयायत नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुको प्रतिनिधिहरु र पोखरिया नगरपालिकाको विभिन्न १० वडाहरुका स्थानीय निवासीहरुको उपस्थिति रहेको थियो ।

 

Ad