२०७३ भाद्र २९ गते

हरेक परिवारलाई बैंकसम्म ल्याउन एनएमबी बैंकले ल्यायो नयाँ योजना

nmb bankएनएमबी बैंकले हरेक नेपाली घरपरिवारलाई बैंकमा खाता खोल्न प्रेरित गर्ने उद्देश्यले 'एक घर एक खाता' योजना ल्याएको छ । उक्त योजनाको प्रवद्र्धक दूतको रुपमा बैंकले महानायक राजेश हमाललाई नियुक्त गरेको छ । हरेक नेपालीमाझ सरल वित्तीय पहुँच पुर्याउनका लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ । यसले हरेक नेपालीमा वित्तीय प्रणालीको प्रयोगबाट आर्थि कारोबार गर्ने बानी बस्ने अपेक्षा बैंकले गरेको छ ।