Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुरः ३ महिना कैद र झण्डै ७२ लाख फैसला सुनाइएका व्यक्ति पक्राउ

२०७८ चैत्र ८ गते

बैंकिङ खबर/ प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनगरा गाउँपालिका–१ का ३६ वर्षीय शम्सेर आलम रहेका छन् । प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका अनुसार उनलाई सोमबार सुनसरीबाट पक्राउ गरेको हो।

उनलाई उच्च अदालत मोरङले २०७५ फागुन २७ गते ३ महिना कैद र ७१ लाख ९० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। आलमलाई अदालतमा उपस्थित गराउँदा उनले जरिवाना बापतको रकम व्यहोर्न नसक्ने बताएका थिए। त्यसपछि अदालतले थुनामा राख्न आदेश दिएको थियो। अदालतको फैसलापछि आलम फरार थिए। प्रहरीले आलमलाई झुम्का कारागार कार्यालय पठाइएको जनाएको छ।

Ad