
बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ बस्ने ३६ वर्षीय नवराज धिमाल रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार गोकर्णेश्वरबाट पक्राउ गरेको हो।
उनले प्राइम बैंक लिमिटेडको खातामा चेक नभएको भन्ने थाहा पाएर पनि चेक काटेर दिएका थिए। त्यसरी ठगेपछि पीडितले उनीविरूद्ध मुद्दा हालेका थिए। त्यसमा असोज १८ गते उच्च अदालत पाटनले उनलाई पाँच दिन कैद र २० लाख जरिवाना सजाय सुनाएको थियो।
तर उनी फरार थिए। उनलाई पक्राउ गरी सजाय कार्यान्वयनको लागि ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ ।