Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको लोगो परिवर्तन

२०७८ चैत्र २ गते

बैंकिङ खबर/ डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको १६ औं वार्षिक साधारण सभा समितिका अध्यक्ष प्रद्युमन पोखरेलको अध्यक्षतामा हालै सम्पन्न भएको छ । 

उक्त साधारण सभाले एशोसियसनको वार्षिक प्रतिवेदन, आ.व. ०७७-७८ को लेखापरीक्षण प्रतिवेदन, आ.व. ०७८-७९ को अनुमानित आय व्यय विवरण र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताब स्वीकृत गरेको छ ।

त्यस्तैगरी, एशोसियसनको छापलाई स्तरिकृत गर्नका लागि नयाँं छाप तयार गरी परिवर्तन गर्नका लागि गरेको प्रस्ताव पनि उक्त साधारण सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

Ad