Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकर सिद्धान्त ठकुरी ‘फोनपे’ को प्रमुख सञ्चालन अधिकृतमा नियुक्त

२०७८ फाल्गुन १८ गते

बैंकिङ खबर/ बैंकर सिद्धान्त ठकुरी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख सञ्चालन अधिकृत(सीओओ) मा नियुक्त भएका छन्। नवनियुक्त ठकुरीलाई एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले स्वागत गरे।

नवनियुक्त सीओओ ठकुरीसँग नबिल बैंकमा १८ वर्षभन्दा बढी काम गरेको अनुभव छ। ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव छ। उनीसँग सेल्स एण्ड मार्केटिङ, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्षभन्दा बढीको अनुभव छ।

दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन्।

Ad