Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रुसी केन्द्रीय बैंकले ह्वात्तै बढायो ब्याजदर !

२०७८ फाल्गुन १६ गते


बैंकिङ खबर/ रुसले पश्चिमा देशको प्रतिबन्धको असर रोक्न ब्याजदर ह्वात्तै बढाउने भएको छ । रुसी केन्द्रीय बैंक द बैंक अफ रसियाले ९.५ प्रतिशत रहेको ब्याजदर एकैचोटि २० प्रतिशत पुर्याएको हो ।

बीबीसीका अनुसार विशेषगरी अमेरिका र सबैजसो युरोपेली राष्ट्रले आक्रमणको विरोध गर्दै रुसविरुद्ध असामान्य प्रतिबन्ध लगाएपछि भइरहेको रुसी मुद्रा रुबलको अवमूल्यन रोक्न र यसबाट भइरहेको महंगी नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय भएको बताइएको छ ।

मस्कोले कम्पनीहरुलाई समेत ८० प्रतिशत विदेशी मुद्रा बिक्री गर्न आदेश दिएको केन्द्रीय बैंक र अर्थ मन्त्रालयले जनाएको छ । केन्द्रीय बैंकले भनेको छ, ‘रुसी अर्थतन्त्रको बाह्य अवस्थामा व्यापक परिवर्तन आएको छ ।’

यसैबीच रुसी केन्द्रीय बैंकले ब्रोकरहरुलाई विदेशीले गर्ने सेयर कारोबारमा पनि निलम्बन गर्न आदेश दिएको छ । विदेशीले रुसी लगानीको हिस्सा बेच्न खोजेसँगै यस्तो आदेश दिइएको हो ।