Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा

२०७८ फाल्गुन १२ गते


बैंकिङ खबर/ सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहक वर्गहरुलाई आफ्नो सेवाविस्तार गर्ने क्रममा काठमाडौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा रसंचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिलन्यौपाने, प्रा.डा. गीताप्रधान, बैंक उच्चव्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २५ पुगेको छ ।

देशमा सुगमतथादुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यस अघि बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमाल्याई बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ । बैंकको कुलशाखा संख्या १२८पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २५शाखारहित बैंकिङ्ग र १०७ वटा एटिएममार्फत वित्तीय सेवाप्रदानगर्दै आएको छ ।

Ad