
बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत माघ महिनामानेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा बृद्घिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ । गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार २८.५१ प्रतिशतले बृद्घि भएको देखिन्छ ।
२७ वाणिज्य बैंकहरुमध्य १६ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर १०.३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ ।
नेपालअधिराज्यभर २१३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हालग्राहक सेवामाव्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।
विगतकेहि वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामामुख्य जोडदिई युवाजनशक्तिमार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ । दक्षव्यवस्थापन, यवाकर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।
निक्षेपमा आकर्षक व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकको बचत खाता एवं मुद्दती खाताहरुमा निक्षेप कर्ताहरुको आकर्षण बढिरहेको छ ।