Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा एक तोला सुन उपहार

२०७८ फाल्गुन ३ गते

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको बीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार के.सी.ले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरि भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम “क्यूआर को गुन, एक तोला सुन” अन्तर्गत एक तोला सुन उपहार प्राप्त गर्नु भएको छ ।

बैंकको आदर्शनगर शाखामा माघ २७ गते आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले एक तोला सुन उपहार विजेता राजुकुमार के.सी.लाई हस्तान्तरण गरेका थिए ।

सो हस्तान्तरण कार्यक्रममा बैंकका सिटी अफिस बीरगञ्ज शाखाका शाखा प्रवन्धक होमनाथ दाहाल, आदर्शनगर शाखाका शाखा प्रवन्धक रामबाबु कुमार लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपहार विजेता राजुकुमार के.सी.ले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप प्रयोग गरि विभिन्न कारोबार गर्दा उपहारस्वरुप सुन पाउँदा आफूलाई धेरै खुशी लागेको तथा आफ्ना साथीभाई, नातागोता र छरछिमेकीलाई समेत नेपाल बैंक लिमिटेडको मोबाइल एप प्रयोग गर्न सुझाब दिने व्यक्त गरे ।

त्यसैगरि नेपाल बैंक लि.का मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले उपहार बिजेतालाई बधाई दिंदै नेपाल बैंकको मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुको संख्या दिनप्रतिदिन उल्लेख्यरुपमा बढ्दै गएको जानकारी गराउँदै प्रभावकारी ग्राहकसेवा दिन बैंक प्रतिबद्ध रहेको बताए ।

नेपालभरि २१३ शाखाहरु, १४८ वटा एटिएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायत करिब २५०० कर्मचारीहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको नेपाल बैंक आज नेपालको स्वस्थ र सबल बैंकको रुपमा अगाडि बढिरहेको छ । पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तिब्ररुपमा व्यवसाय विस्तार गर्न सफल यस बैंकप्रतिको विश्वासको कारण नेपाल बैंक सबै पुस्ताका नेपालीहरुको प्रमुख रोजाइको बैंक बन्न पुगेको छ।

Ad