Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा आयातमा थप कडाई, अब ४३ बस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने !

२०७८ माघ २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आयातमा थप कडाई गरेको छ। केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै ४३ समूहको विभिन्न बस्तुको आयातमा शतप्रतिशतमा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तै टेक्सटाइलसँग सम्बन्धित ४ वस्तु समूहको आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।

यसअघि केन्द्रीय बैंकले २० वटा समूहको ३ सयभन्दा बढी समूहको बस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। पछिल्लो समय आयात बढेपछि विदेशि बिनिमय सञ्चिति निरन्तर घट्दै गएको छ जसले गर्दा केन्द्रिय बैंकले पछिल्लो समय आयातमा कडाई गर्ने नीति लिएको छ।

बैंकहरुले आयात गर्ने सुन, उद्योगिले आफ्नै प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थ, औषधिजन्य बस्तु लगायतमा भने यो व्यवस्था लागु हुने छैन्।

Ad