Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (६ महिनाको तथ्यांक)

२०७८ माघ २६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । जसमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६५ प्रतिशत छ ।

आयात ५१.१ प्रतिशतले र निर्यात ९५.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ५.५ प्रतिशत र अमेरिकी डलरमा ६.२ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडलेघाटामा छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ८९ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.५०६ अर्ब ७० करोड र राजस्व परिचालन रु.५४२ अर्ब ५ करोड छ ।

मुद्राप्रदाय २.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दावी १२.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.५ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर २७.४ प्रतिशत छ ।

Ad