Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा क्यापिटलले स्वास्थ्यकर्मीका लागि ल्यायो विशेष छुटसहितको पीएमएस योजना

२०७८ माघ २१ गते


बैंकिङ खबर/ मेगा क्यापिटल मार्केट्स लिमिटेडले स्वास्थ्यकर्मीहरुका लागि पोर्टफोलियो सर्भिस (पीएमएस) मा आकर्षक छुटको योजना ल्याएको छ।

मेगा क्यापिटलले पीएमएस सेवामा स्वास्थ्यकर्मीहरुका लागि वार्षिक शुल्क (एएमसी) मा ५० प्रतिशत र एक्जिटमा ५० प्रतिशत छुट सुविधा ल्याएको हो। कोभिड महामारीबीच आफ्नो व्यक्तिगत जीवनभन्दा देशवासी नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीको स्वास्थ्य संबेदनशीलता बुझेर अग्रभागमा खटेर कार्यसम्पादन गरिरहेका स्वास्थ्यकर्मीलाई क्यापिटलले धन्यवाद पनि दिएको छ। ‘यस्तो अवस्थामा उहाँहरुका लागि मेगा क्यापिटलले एउटा विशेष योजनामार्फत हजुरहरुलाई सम्बोधन गरेको छ’, क्यापिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तपाइँ राष्ट्रको हेरचाह गर्न व्यस्त हुनुहुन्छ, हामी तपाइँको पोर्टफोलियोको हेरचाह गर्नेर्छौं।’

यस योजनाका विशेषताहरु

  • एएमसी र एक्जिट शुल्कमा ५० प्रतिशत छुट
  • महामारीको समयमा पनि सुरक्षित र व्यवस्थित लगानी 
  • वित्तीय सल्लाह र मार्गदर्शन
  • तोकिएको स्टाफबाट ग्राहकको मागअनुसार साप्ताहिक वा मासिक रिपोर्टिङ
  • न्यूनतम लगानी मूल्य रु. ३ लाख, अपेक्षित प्रतिफल २०%–२५%