
बैंकिङ खबर/ नेपालको पहिलो बैक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनःनियुक्त गरेको छ । गतवर्ष नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्तभएका राष्ट्रीय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन सँगको १ वर्षको सम्झौताअवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरिएको छ ।
यहि माघ २० गते नेपाल बैक लिमिटेड प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंककाप्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. महाविर पुनका बीच उक्त ब्राण्ड एम्बास्डरनवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमापुनःनियुक्तहुनपाएकोमा खुसीव्यक्त गरे ।
उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रतिआभार व्यक्तगर्दै नेपाल बैंकको श्री बृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए ।
त्यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडर को रुपमा निरन्तरतादिनपाउनु आफैमा गर्वको विषयभएको बताए । साथै डा. पुनले नेपाल बैंक छनौट गरेको उनीहरुप्रतिहार्दिक आभार समेत व्यक्त गरे ।
नेपालभरी २१३ शाखाहरु, १४८ वटा एटिएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायतकरिब २५०० कर्मचारीहरुबाट बैकिङ सेवाप्रदान गरिरहेको नेपाल बैंक आज नेपालको स्वस्थ र सबल बैंकको रुपमा अगाड बढिरहेको छ ।
पछिल्लो समयआधुनिकप्रविधिअवलम्बन र ग्राहक सेवामाव्यापक सुधार गर्दै तिब्र रुपमा व्यवसाय विस्तार गर्न सफल यस बैंक प्रतिको विश्वासको कारण नेपाल बैंक ग्राहकहरुकोे प्रमुख रोजाइको बैंक बन्न पुगेको छ ।