Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

क्रिप्टोकरेन्सी कारोबारको आरोपमा न्यूरोडबाट १ जना पक्राउ

२०७८ माघ १९ गते

 


बैंकिङ खबर/ क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौँको न्यूरोडस्थित गुच्चाटोलबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका घर भई भक्तपुरमा बस्दै आएका रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारी छन् ।

३० वर्षीय अधिकारीलाई माघ १६ मा पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । आरोपीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।

उनले १ करोड ४८ लाख ४४ हजार डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । आरोपीले प्रयोग गरेको मोबाइलबाट १३ लाख रुपैयाँ नेपाली मुद्रा बराबरको डिजिटल मुद्रा मौज्दात देखिएको  छ ।