बैंकिङ खबर/ नेपालमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये २६ बैंकले चालु आर्थिक वर्षको ६ महिनामा कर्मचारीहरुलाई लागि ५ अर्ब २५ करोड बढी बोनसको लागि रकम छुट्याएका छन् । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २६ वटा वाणिज्य बैंकले ५ अर्ब २५ करोड १७ लाख ८८ हजार रुपैयाँ रकम बोनसको लागि छुट्याएका हुन् ।
बैंकले हरेक आर्थिक वर्ष सकिएपछि दिने भएपनि प्रत्येक त्रैमासमा यस्तो रकम छुट्याएर राख्ने गरिन्छ । वाणिज्य बैंकहरुमध्ये हिमालयन बैंकको तथ्याङक भने यहाँ समावेश गरिएको छैन ।
ग्लोबल आइएमईको बढी
ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी बोनस रकम छुट्याएको छ । चालु आवको ६ महिनामा बैंकले ४० करोड ८८ लाख ८७ हजार रुपैयाँ छुटयाएको छ ।
सिभिल बैंकको सबैभन्दा कम
सिभिल बैंकले बोनसका लागि सबैभन्दा कम रकम छुट्याएको छ । बैंकले सबैभन्दा कम ८ करोड १३ लाख ५९ हजार रुपैयाँ छुट्याएको छ ।
दोस्रोमा एनआईसी एशिया
एनआईसी एशिया बैंक कर्मचारीलाई बढी रकम बोनस छुट्याउने बैंकको दोस्रो नम्बरमा परेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा कर्मचारीको बोनसका लागि ३८ करोड १२ लाख ८० हजार रुपैयाँ छुट्याएको छ ।
नबिल बैंक
नबिल बैंकले ३४ करोड ६३ लाख २ हजार रुपैयाँ छुट्याएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले ३० करोड ४६ लाख ८३ हजार रुपैयाँ कर्मचारीको बोनसका लागि छु्ट्याएको छ ।
एनएमबि
एनएमबिले २६ करोड ९३ लाख ७७ हजार छुट्याएको छ ।
प्राइम
प्राइमले २६ करोड ७७ लाख ५० हजार छुट्याएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले २५ करोड ७८ लाख २९ हजार रुपैयाँ छुट्याएको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले २५ करोड २४ लाख ४ हजार रुपैयाँ छुट्याएको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले २३ करोड १९ लाख १ हजार रुपैयाँ छुट्याएको छ ।
मेगा बैंक
मेगा बैंकको २२ करोड २५ लाख ७२ हजार रुपैयाँ छुट्याएको छ ।
प्रभु बैंक
प्रभु बैंकले २० करोड ४५ लाख ८४ हजार रुपैयाँ छुट्याएको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले १९ करोड ५१ लाख ९६ हजार रुपैयाँ छुट्याएको छ ।
नेपाल बैंक
नेपाल बैंकले १८ करोड ७३ लाख २८ हजार रुपैयाँ छुट्याएको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंक
स्टयान्डर्ड चार्टर्ड बैंकले १७ करोड २५ लाख ३ हजार रुपैयाँ छुट्याएको छ ।
सानिमा बैंक
सानिमा बैंकले १६ करोड ८१ लाख ३६ हजार रुपैयाँ छुट्याएको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले १६ करोड ४ लाख ४९ हजार रुपैयाँ छुट्याएको छ ।
कुमारी बैंक
कुमारी बैंकले १५ करोड २६ लाख २९ हजार रुपैयाँ छुटाएको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले १४ करोड ७ लाख ५७ हजार रुपैयाँ छुट्याएको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले १३ करोड ३१ लाख ६२ हजार रुपैयाँ छुट्याएको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले १२ करोड ५८ लाख ५ हजार रुपैयाँ छुट्याएको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले १२ करोड ४२ लाख ५१ हजार रकम छुट्याएको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले ११ करोड ८७ लाख ९५ हजार रुपैयाँ छुट्याएको छ ।
सनराइज बैंक
सनराइज बैंकले ११ करोड ८३ लाख ७८ हजार रुपैयाँ छुट्याएको छ ।
सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले ११ करोड ४६ लाख २९ हजार रुपैयाँ छुट्याएको छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले कर्मचारीको बोनसका लागि ११ करोड ८ लाख ४१ हजार रुपैयाँ छुट्याएको छ ।
राष्ट्र बैंकको नीतिगत व्यवस्थाले सहज
राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनश बाँड्न पाउने नीतिगत व्यवस्था मिलाइदिएपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस वितरण गर्न थालेका हुन् । मौद्रिक नीतिले सेयरधनीलाई दिने लाभांशमा दायरा तोकेपनि कर्मचारीको बोनशमा भने हस्तक्षेप नगरेपछि बोनश ऐनअनुसार बैंकहरुले कर्मचारीलाई बोनश वितरण गरेका हुन् ।
बोनश ऐन अन्तर्गत रोजगारादाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनश कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई बोनश वितरण गर्छन् ।
अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनशलाई किस्ता/किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको पहिलो साताभित्र र केही बैंकहरुले दशैमा र वार्षिक साधारणसभामा बोनश वितरण गर्छन् ।



