
बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेडले काठमाडौं सिना मंगलमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढंगले पुर्याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बैँकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको छ ।
सजिलो बैँकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदनदिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएमकार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको Uno क्रेडिटकार्ड जस्ता सेवामार्फत् बैंकले उच्चस्तरिय बैँकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहक वर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।