Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंक सिरहा शाखा प्रबन्धकसहित ६ कर्मचारीमा कोरोना, बैंकका सेवा बन्द

२०७८ माघ १० गते

 

बैंकिङ खबर/ सिरहाको एक बैंकमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सिरहा नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंक, शाखामा कार्यरत प्रबन्धक र अन्य ५ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकका सेवा बन्द गरिएको छ ।

शाखाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द रहने जनाएको छ।

नगद जम्मा र नगद भुक्तानीबाहेक मोबाइल बैंकिङ, एटिएममा आईपर्ने समस्या र चेक क्लियरेन्स जस्ता काम भने सञ्चालन हुने बैंकले जानकारी दिएकाे छ।

Ad