Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अफगानिस्तान : जहाँ यसरी सम्हालीन पुग्यो बैंकिङ क्षेत्र

२०७८ माघ ५ गते

बैंकिङ खबर/ तालिवानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा हरेक खालका प्रतिबन्धहरु लागे । जस कारण यहाँको सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक लगायतका क्षेत्र बढी प्रभावित बने । अपगानिस्थानमा बढी प्रभावित बनेका क्षेत्रहरु पनि बैंकिङ क्षेत्र पनि एक हो । यहाँका बैंकहरुमा शुरुमा निकै संकट आएको भएपनि अहिले दैनिकरुपमा अभाव घट्दै गएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार अहिले अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई नगद उपलब्ध गराएका छन्, जसले गर्दा संकट घट्दै गएको छ ।

वित्तीय स्रोतको सुरक्षा भइरहेको र आर्थिक संकट पनि रोकिइरहेको तालिबानका कार्यवाहक विदेशमन्त्री आमिर खान मोताकीले जनाएका छन् । उनले तालिबानले अफगानिस्तानको आर्थिक पतनलाई रोकेको बताए । उनले भने, ‘अफगानिस्तानका बैंकहरूमाथि दिनदिनै दबाब घट्दो छ ।’

तालिवानको अन्तरिम सरकारले अहिलेसम्म कर्मचारीको तलबको बिल तीन महिनाका लागि भुक्तानी गरेको र चौथो महिनाको तलब दिने तयारी भइरहेको पनि उनले बताए ।

यद्यपी, ठोस सहयोगको अभावमा अफगानिस्तानमा मानवीय स्थिति दिनप्रतिदिन खराब हुँदै गइरहेको भन्दै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको स्थितिलाई सम्बोधन गर्न हालसम्म १.५ बिलियन अमेरिकी डलर संकलन गरेको जनाइसकेको छ ।

अफगानिस्तानमा अधिकांश भू–भागमा हिउँ परेको र हिउँदे बर्षाका कारण उपलब्ध खाद्यान्नलाई आवश्यक भएको स्थानमा पुर्याउन कठिनायी भइरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी समन्वय कार्यालयका महासचिव स्टेफन डुजारिकले बताएका छन् । उनले हालसम्म १.५ अर्ब अमेरिकी डलर संकलन गरिसकेको जानकारी गराएका छन् ।

एटीएम सेवा संचालनमा

तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा गएको शनिबारदेखि एटीएम सेवाहरू सञ्चालनमा आएका छन् ।

दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको, खामा प्रेसले उल्लेख गरेको छ । सहकारीसँगको वार्तापछि यो निर्णय भएको हो ।

अगस्टमा तालिबानले सत्ता कब्जामा लिएपछि एटीएम सेवाहरू बन्द भएका थिए । ‘दा अफगानिस्तान बैंक बैंकिङ प्रणाली र सेवाहरू सामान्यमा फर्काउन प्रयासरत छ, विज्ञप्तिमा भनिएको छ, ‘एटीएमहरू पुनः सक्रिय गर्नाले मानिसहरूलाई थप सुविधा दिनेछ ।’

जनताको सुविधाका लागि वाणिज्य बैंकका एटीएम विशेष क्षेत्रमा उपलब्ध हुनेछन्। यद्यपि बैंकले निश्चित रकम झिक्न प्रतिबन्ध कायमै रहेकाले झिक्ने रकमको सीमा भने उल्लेख गरिएको छैन, खामा प्रेसले जनाएको छ । नयाँ नीति अनुसार एक व्यक्तिले हप्तामा २०० अमेरिकी डलर वा २०,००० अफगानी रकम झिक्न सक्नेछन् ।

केन्द्रीय बैंकलाई सहयोग गर्न आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानको केन्द्रीय बैंकलाई तुरुन्तै सहायता प्रदान गर्न र देशको अर्थतन्त्रमा तरलता रोक्न थप सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।
‘अफगानिस्तानको केन्द्रीय बैंकको कार्यलाई संरक्षित र सहयोग गरिनु पर्छ र अफगान विदेशी मुद्रा भण्डारको सशर्त फुकुवाका लागि मार्ग पहिचान गरिएको छ,’ स्पुतनिकले गुटेरेसको बयानलाई उदृत गर्दै लेखेको छ र्। हामीले अर्थतन्त्रमा द्रुत रूपमा तरलता इन्जेक्सन गर्न र लाखौंको लागि गरिबी, भोक र विपन्नता निम्त्याउने मन्दीबाट बच्न अझ बढी केन्द्रीत गर्नु पर्दछ,’ गुटरेसले भनेका छन् ।

अगस्टको मध्यमा तालिबानले कब्जा गरेपछि अमेरिकाले अफगानिस्तानको करिब १० अर्ब डलरको सम्पत्ति रोक्का गर्दै इस्लामिक इमिरेट्समाथि प्रतिबन्ध लगाएको थियो । यसबीचमा अफगानिस्तानलाई विदेशी सहायताको रोकले अफगानिस्तानको पहिल्यै कमजोर आर्थिक प्रणालीलाई थप कमजोर बनाएको छ । जसले लाखौं मानिसहरूको जीवनमा प्रतिकूल असर पारेको छ ।

 

Ad