Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी बैंकको ६.०५ प्रतिशत लाभांश पारित, बैंकको चुक्ता पुँजी साढे ९ अर्ब नाघ्ने

२०७८ पुष ३० गते


बैंकिङ खबर/सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीले दिने निर्णय गरेको ६.०५ प्रतिशत लाभांश पारित गरेको छ । 

बैंकको शुक्रवार सम्पन्न ११ औंं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीबाट ५.७५ प्रतिशतले बोनस शेयर र बाँकी नगद लाभांश दिने निर्णय पारित गरेको हो ।

 

यो निर्णयसँगै सेञ्चुरी बैंकको गत असार मसान्तमा कायम ९ अर्ब तीन करोड ४४ लाख २९ हजार ५०२ रूपैयाँमा ५.७५ प्रतिशत रकम बोनस शेयर दिने भएको छ । 

यस्तो रकमबाट ५१ करोड ९४ लाख ७९ हजार ६ सय ९६ रूपैयाँ बराबरको बोनस शेयर वितरण हुने भएको छ ।  बाँकी ०.३० प्रतिशतले हुन आउने दुई करोड ७३ लाख ४१ हजार ३६ रूपैयाँ भने कर प्रयोजनको लागि दिने प्रस्ताव पारित भएको बैंकले जानकारी दिएको छ । बोनस शेयरपछि यो बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख रूपैयाँ हुने भएको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाडलगायतका प्रतिवेदन पारित गरेको छ । यो बैंकले संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी शेयरधनीहरूको शेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय पनि अनुमोदन गरेको छ । 

यो बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ । यसले १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ्ग र १०८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको पनि उल्लेख छ ।

Ad