Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंकद्वारा प्रहरी वृत्त लैनचौरलाई रोड ब्यारीगेट हस्तान्तरण

२०७८ पुष २७ गते

बैंकिङ खबर।

माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई ध्यान दिंदै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन वटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ।

महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका थिए। बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रदर्शनहरुलाई मध्यनजर गर्दै सर्वसाधारणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरिएकाे बैंकले बताएकाे छ।

माछापुच्छ्रे बैंकले सातै प्रदेशमा आफ्ना १ सय ६३ वटा शाखाहरु र १ सय ५७ शाखारहित बैकिङ सेवा, ६ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३ सय २६ स्थानबाट १० लाखभन्दा बढि ग्राहकहरुमा बैंकिङ सुविधा प्रदान गरिरहेको छ। साथै, बैंकको देशभर २ सय एटीएम संचालनमा रहेका छन् ।

Ad