एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको ५२ औं बैठकले आर्थिक वर्ष २०७२/०७३ को नाफाबाट सोही आर्थिक वर्षमाकायम रहेको चुक्ता पूँजी ४ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले एक करोड पन्ध्र लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत अर्थात ६ लाख ५ हजार २ सय ६३ रुपैयाँ नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश प्रदान गर्न लागेको बताएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।
साथै, एनएमबी माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा कम्पनीले हाल कायम चुक्ता पूँजी ४ करोड ६० लाख रुपैयाँको १२० प्रतिशत हकप्रद शेयरको प्रक्रिया अगाडी बढाएको छ । छिटै नै हकप्रद शेयर धितोपत्रबोर्डबाट स्वीकृत हुने कम्पनीले जानकारी गराएको छ । कम्पनीले गत आर्थिक वर्षमा २ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।