Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंक लिमिटेड मुर्गिया शाखाद्वारा डिजिटल दान पात्रकाे सुभारम्भ

२०७८ मंसिर १९ गते

बैंकिङ खबर।

नेपाल बैंक लिमिटेड मुर्गिया शाखाले डिजिटल दानको सुभारम्भ गरेको छ।

नेपाल बैंक लिमिटेड मुर्गिया शाखाले रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. १ स्थित यस क्षेत्रकै प्रतिष्ठित तथा बहु चर्चित पश्चिम नेपालको दोस्रो पशुपतिको रुपमा चिनिने धार्मिक धरोहर परोहा परमेश्वर शिव ज्योर्तिलिङ बोलबम धाम मन्दिरमा डिजिटल दान पात्रमा सहभागी भई डिजिटल माध्यमबाट मन्दिरमा दान गरौं भन्ने मूल सन्देश साथ नेपाल बैंक लिमिटेड मुर्गिया शाखाले QR Code प्रदान गरेको छ।

सो कार्यक्रममा यस बैकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रदेश प्रमुख लेखनाथ भुसाल, नेपाल बैंक लिमिटेड मुर्गिया शाखा प्रवन्धक बाबुराम खरेल लगायत शाखाको सम्पूर्ण टिम र मन्दिर ब्यवस्थापन समितिका ब्यवस्थापन पदाधिकारी, महासचिव पे्रमलाल भुसाल, सचिव कुलचन्द्र ज्ञवाली लगायतको सहभागीतामा QR Code प्रदान गरी डिजिटल दान पात्रको सुभारम्भ गरिएको थियो।

Ad