Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे कृति क्यापिटलको लगानी व्यवस्थापन १ अर्ब

२०७८ मंसिर १७ गते

बैंकिङ खबर।

माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले नेपाल धितोपत्र अनुमति प्राप्त गरी विगत ८ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ। कम्पनीप्रति विश्वास गरी यस उचाइमा पुर्याउन सहयोग गर्ने ग्राहकहरु, संस्थापक शेयरधनीहरु नियामक निकायहरु तथा कर्मचारीहरु प्रति धन्यबाद ब्यक्त गरेको छ।

यस लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैरस्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद सम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

Ad