Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता

२०७८ मंसिर १५ गते

बैंकिङ खबर।

नेपाल बैंक लिमिटेड र राष्ट्रियबीमा संस्थानबीच राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुलाई बिना धितो रु. १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ। मंसिर १५ गते नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको छ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकको रोहवरमा नेपाल बैंक लिमिटेडका तर्फबाट काठमाडौं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट व्यवस्थापक भोलानाथ घिमिरेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलका साथै राष्ट्रिय बीमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिर चन्द्र देवकोटा र सहायक ब्यवस्थापक आशिष राई लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बीमा संस्थानका सम्पूर्ण कर्मचारीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे।

त्यसैगरि उनले यी दुई संस्थाहरुबीच पारस्परिक सहयोगको अन्य धेरै सम्भावनाहरु रहेको समेत उल्लेख गरेका थिए। राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले नेपाल बंैक लिमिटेडले प्रदान गर्दै आएको सेवा सुविधाहरुको प्रसंसा गर्दै राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुको लागि बिना धितो सेवाग्राही कर्जा लिने सुबिधा प्रदान गरेकोमा नेपाल बैंक लिमिटेडलाई धन्यबादसमेत दिए। उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, काठमाडौं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका ब्यवस्थापक भोलानाथ घिमिरेले पनि आफ्नो विचार व्यक्त गरेका थिए।

Ad