Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पुस ८ गते लक्ष्मी बैंककाे वार्षिक साधारण सभा हुने

२०७८ मंसिर १५ गते

बैंकिङ खबर।

लक्ष्मी बैंकले वार्षिक साधारण सभा आह्वान गरेकाे छ। बैंककाे मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार एक्काइसाैँ वार्षिक साधारण सभा पुस ८ गते अग्रवाल भवन, कमलपाेखरीमा हुनेछ।

सभामा बैंकको कार्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थसमेत गरी ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने बताइएकाे छ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ।

मंसिर २३ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ।

Ad