
बैंकिङ खबर।
हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित टीकापुर नगरपालिका–१, जमरापारीमा मंगलबारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट सम्पूर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ।
टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार सुरु गरेको छ । बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सूदुरपश्चिम प्रदेशको सातौं शाखा हो। टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरुसहित लकर सेवासमेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले वताए ।
यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४६ र ५००० भन्दा बढी POS Terminals संख्या पुगेको छ ।