
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै २ पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो।
बैंकले केन्द्रिय कार्यालय नेपालगंज, बाँकेका लागि अफिसर लेभल र सुपरभाइजर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ।
माग गरेका कर्मचारीकाे शैक्षिक याेग्यता अफिस लेभलका लागि स्नातक तह उत्तीर्ण र सुपरभाइजरका लागि न्यूनतम प्लस टु उत्तीर्ण भएको हुनुपर्ने बताइएको छ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको इमेल vacancy@kdblnepal.com मार्फत् दरखास्त दिन सकिने जनाइएकाे छ।