स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको वैठकले गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।
सोही वैठकले बोनस सेयर र यसअघि नै निष्काशन गरिएको ५० प्रतिशत हकप्रद सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय समेत गरेको छ ।



