Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘लुम्बिनी विकास बैंक’को नाममा जन्मिदै, देशकै ठूलो विकास बैंक

२०७३ माघ २४ गते

केही महिना अघि भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक मर्जर भई देशकै ठूलो विकास बैंक बनेको भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले आफ्नो नामै मेटिने गरी दोश्रो संस्थासँग मर्जर सम्झौता गरेको छ । यस बैंकले लुम्बिनी फाइनान्स एण्ड लिजिङ लिमीटेडसँग आफ्नो नामै परिवर्त गर्ने गरी मर्जरको सम्झौता गरेको हो । मर्जरपछि बैंकको नाम ‘लुम्बिनी विकास बैंक लिमीटेड’ रहने गरी सहमति भएको छ । दुई संस्था मर्जरमा जानेसम्बन्धी सम्झौतापत्रमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका अध्यक्ष सुशिलराज पराजुली र लुम्बिनी फाइनान्सका अध्यक्ष चिन्तामणि भट्टराईले सोमबार एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुन् । 

मर्जरपछि सीईओ र अध्यक्ष कुन संस्थाबाट ? 

सहमतिअनुसार मर्जरपछि बन्ने लुम्बिनी विकास बैंकको मुख्य पदहरुमा भिबोर सोसाइटी डेभलपमेण्ट बैंक हालको पोजिसनहोल्डर रहनेछन् । जसअनुसार संचालक समितिको अध्यक्षमा हाल भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका अध्यक्ष पराजुली, सीईओमा पनि झलकप्रसाद खनाल रहनेछन् भने लुम्बिनी फाइनान्सका हालका सीईओ उमेश रेग्मी मर्जरपछिको बैंकमा डेपुटी सीईओ बन्नेछन् । 

चुक्ता पुँजी कति ? 

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक मुलुकै एक बलियो र ठूलो विकास बैंक हो । यस बैंकको हालको चुक्ता पुँजी १ अर्ब ८ करोड ५० लाख रुपैयाँ छ । त्यस्तै लुम्बिनी फाइनान्सको चुक्ता पुँजी ५६ करोड २ लाख रुपैयाँ छ । त्यसैले दुर्वै संस्था मर्ज भई बन्ने लुम्बिनी विकास बैंकको चुक्ता पुँजी समग्रमा २ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ । मौद्रिक नीति अनुसार राष्ट्रिस्तरको विकास बैंकले आगामी ०७४ असारसम्म अढाई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्नेछ । त्यसैले बैंकले नेपाल राष्ट्र बैंकबाट निर्दिष्ट चुक्ता पुँजी सजिलै पुर्याउनेछ । हुन त यसअघि नै राष्ट्र बैंकले भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलेमात्रै पनि सहजै चुक्ता पुँजी पुर्याउन अनुमान गरेको थियो । तर अर्को संस्थासँग मर्जरमा गएर लुम्बिनी विकास बैंक बनेपछि मुलुककै सबैभन्दा ठूलो विकास बैंक हुँदै झन् सजिलै चुक्ता पुँजी पुर्याउने भएको हो ।