November 7th, 2016

त्रिवेणी विकास बैंकमा जागीर खुल्यो

tribeniत्रिवेणी विकास बैंकमा जागीर खुलेको छ । बैंकले काठमाडौँ उपत्यकाबाहिर (काभ्रे, सुनसरी, पर्सा, रुपन्देही, पाल्पा, लमजुङ र कास्की) का शाखाहरुका लागि केही संख्यामा सुपरभाइजर, एसिस्टेन्ट सुपरभाइजर र जुनियर एसिस्टेन्ट माग गरेको हो । 

तीन वटै पदका लागि कम्तीमा व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । सुपरभाइजर तथा एसिस्टेन्ट सुपरभाइजरका लागि कम्तीमा दुई वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएको र उमेर ३० वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ । जुनियर एसिस्टेन्टका लागि भने उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी १९ नोभेम्बर अर्थात मंसिर ४ गतेभित्रमा हस्तलिखित निवेदन, वायोडाटा, नागरिकताको फोटोकपि, शैक्षिक योग्यता झल्काउने प्रमाणपत्रहरु, अनुभव झल्काउने प्रमाणपत्रहरु र एक प्रति पासपोर्ट साइजको फोटो पोस्ट बक्स नम्बर २०७१३ काठमाडौँ या बैंकको इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ । स्थानीयलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]