शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा एजीएम आह्वान

बैंकिङ खबर/ शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १४ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको पुस १ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा बिहान ११ बजेबाट शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०७८–७९ को वितरणयोग्य सञ्चित […]


मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न छुट्टै कानून बनाउने तयारी

बैंकिङ खबर/ सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छुट्टै कानून बनाउने तयारी गरेको छ । गृह मन्त्रालयले कानूनको मस्यौदा तयार गर्न सहसचिव डा. भीष्मकुमार भुसाल नेतृत्वको कार्यदललाई निर्देशन दिइसकेको छ । मिटरब्याजबाट पीडित स्थानीयको समस्या अध्ययन गर्न गृहले गत २७ साउनमा कार्यदल गठन गरेको थियो । सोही कार्यदललाई मिटरब्याजबाट पीडित विपन्न वर्गको समस्या सम्बोधन गर्न आवश्यक कानुनको मस्यौदा […]


घरजग्गामा बैंक, वित्तको लगानी ठप्प

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा लगानी घटाएका छन् । नेपाल राष्ट्र बैंकलेसार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक)को वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । चालु आवको पहिलो चार महिनामा बैंकहरुबाट घरजग्गा क्षेत्रमा १५ अर्ब ७६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जबकी, साउन र भदौ महिनामै घरजग्गा क्षेत्रमा […]


सेयर धितोकर्जा ५.६ प्रतिशतले घट्यो

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०७९/०८० को चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जा ५.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंककाअनुसार कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब ९६ करोड ५ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । साउनमा बैंक तथा वित्तीय संस्थाले ८० अर्ब ५० करोड ७८ लाख […]


नेपाल बैंकको लाभांश घोषणा

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँको २ प्रतिशत बोनस शेयर र १० प्रतिशत (कर सहित) नगद लाभांश प्रस्ताव […]


एन आई सी एशिया बैंक : निष्कृय कर्जालाई ०.५९ प्रतिशतमा सीमित राख्न सफल

बैंकिङ खबर/ बढ्दो ब्याजदर, लगानीयोग्य स्रोतको अभाव जस्ता कारणले बैंकहरुको निष्क्रिय कर्जा पछिल्लो समय बढ्दै गएको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) २०७९/८० को प्रथम त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये २३ बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ । आव […]


बागमती प्रदेशमा वित्तीय सेवा सबैभन्दा उच्च(प्रतिवेदनसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बागमती प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन सार्वजनिक गरेको छ। राष्ट्र बैंकले बागमती प्रदेशमा रहेका १३ वटा जिल्लाको स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा सूचनाका आधारमा तयार गरिएको आर्थिक वर्ष २०७८–७९ को वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो। बागमती प्रदेशमा वित्तीय सेवा सबैभन्दा उच्च रहेको छ। आर्थिक वर्ष २०७९ असार […]


सञ्चालक, सीईओ, लेखापरीक्षकको सेयर रोक्का राख्न नेप्सेको निर्देशन

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिहरुको सेयर कारोबार रोक्का राख्न सीडीएस एण्ड क्लियरिङलाई निर्देशन दिएको छ । नेप्सेले पत्र लेखेर उल्लिखित पदाधिकारीहरुको हकमा उनीहरु पदमा रहँदा र पदबाट हटेपछि पनि एक वर्षसम्म सेयर रोक्का […]


रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढ्यो

बैंकिङ खबर/  पछिल्लो ४ महिनाको अवधिमा रेमिट्यान्स २०.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । गत असोजमा रेमिट्यान्स आप्रवाह करिब १६.८ प्रतिशतले २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको […]


कर्जाको औषत ब्याजदर साढे १२ प्रतिशतभन्दा माथि

बैंकिङ खबर/वाणिज्य बैंकहरुको कर्जाको औषत ब्याजद साढे १२ प्रतिशतभन्दा माथि पुगेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको मासिक विवरणमा कार्तिकसम्ममा कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत रहेको छ। गत वर्षको यसै अवधिमा कर्जाको औषत ब्याजदर ९.०२ प्रतिशत थियो। विगत १ वर्षमा कर्जाको ब्याजदर ह्वातै बढेको छ। वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ कात्तिकमा ७.८२ प्रतिशत रहेकोमा […]