३.३८ अंकले सेयर बजार घट्दा : कसले कमाए, कसले गुमाए ?

stock downलामो समयपछि सोमबार उकालो लागेको सेयर बजार मंगलबार पुनः ओर्लिएको छ । नेप्से परिसूचक ३.३८ अंकले घटेर १७५३.७२ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु घटेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह २७.८ प्रतिशतले घटेको छ भने बीमा समूह २३.२६ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः १.९६, २.३, २.३९, २.५५, १.१८ र ४.०५ अंकले घटेका छन् ।

कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । सोमबार एक अर्बभन्दा माथिको पुँजी परिचालन भएको भएको बजार मंगलबार पौने एक अर्बको कारोबारमा सीमित भएको छ । दिनभरिमा एक सय ४२ वटा कम्पनीको नौ लाख ६६ हजार दुई सय २८ कित्ता सेयर पाँच हजार सात पटक खरिदविक्रि हुँदा कुल ७५ करोड ७२ लाख ९६ हजार छ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको छ । 

कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको एभरेष्ट बैंकको साढे ११ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । एनबी र सिद्धार्थ बैंकको कारोबारले पाँच करोड नाघेको छ । सनराइज बैंकको तीन करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको पौने चार करोडभन्दा माथिको कारोबार हुँदा राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको साढे तीन करोडभन्दा बढीको सेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको प्रोेमोटरको पनि दुई करोडमाथिको पुँजी परिचालन भएको छ । सानिमा बैंकको झन्डै दुई करोडको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको डेढ करोडभन्दा माथिको कारोबार भएको छ । 

कुल ५२ वटा कम्पनीका लगानीकर्ताले अधिकतम ९.९९ प्रतिशतदेखि न्युनतम ०.०९ प्रतिशतसम्मले कमाएका छन् । धेरै कमाउनेमा रिलायबल माइत्राmोफाइनान्सका लगानीकर्ता छन् भने थोरै कमाउनेमा युनिलिभर नेपालका लगानीकर्ता छन् । एनबी इन्स्योरेन्सको रिलायन्स लोटस फाइनान्सका लगानीकर्ताले ९.०९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने ज्योति विकास बैंकका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आईएमई सम्मुनत स्किम १, समिट माइक्तोफाइनान्स, सांग्रीला डेभलपमेन्ट बैंक र छिमेक लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले सम्बिपत्ति बढाएका छन् । स्वरोजगार लघुवित्त, कन्काई विकास बैंक लगायतका लगानीकर्ताले पनि कमाएका छन् ।

बोटलर्स नेपालका लगानीकर्ताले झन्डै पौने आठ प्रतिशतका दरले गुमाउँदा ङादी पावर ग्रुपका लगानीकर्ताले पनि सात प्रतिशतभन्दा बढीले गुमाएका छन् । कसमस डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले चार प्रतिशतको हाराहारीमा गुमाएका छन् । सिन्धु विकास बैंक, यति डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स, सगरमाथा फाइनान्स, आईसीएफसी फाइनान्स लगायतले पनि गुमाएका छन् ।