वैदेशिक रोजगारका नाममा ठगीः मकवानपुरका सुनिल योञ्जन पैसा उठाएर सम्पर्क विहीन

बैंकिङ खबर/ वैदेशिक रोजगारीमा रोमानिया लैजाने भन्दै तीन जना व्यक्तिसँग प्रतिव्यक्ति एक लाख रुपैयाँ उठाएर मकवानपुरका सुनिल योञ्जन गोपाली(गुरुङ) सम्पर्क विहीन भएका छन् । मकवानपुर स्थायी घर भइ केहि वर्ष काठमाडौं र लमजुङमा समेत बसेका योञ्जनले लमजुङकै सुरज वि.क, लमजुङ घइ भइ हाल चितवन बस्दै आएका शिव वि.क र तनहुँ घर भइ चितवन बस्ने राजेश […]


बैंक वित्तीय संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई बर्दिया प्रशासनले कारबाही गर्ने

बैंकिङ खबर/ बैंक वित्तीय संस्थाका कर्मचारीलाई धम्की दिने तथा दुर्व्यवहार गर्ने व्यक्तिहरुलाई बर्दिया जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जिल्लामा पछिल्ला समय केही ब्यक्तिहरुले बैंक वित्तीय संस्थाका कर्मचारीहरुलाई धम्कि दिने जस्ता गतिविधि गरिरहेको भन्दै भन्दै सुरक्षाको माग गर्दै बर्दिया जिल्लामा कार्यरत कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश […]


नेपालका आरुष भट्टराईलाई मलेसियामा‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशल अवार्ड’

बैंकिङ खबर/ मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जित्न सफल भएका छन् । नेपालको प्रतिनिधत्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै केटा समूहको उपाधि हासिल गरेका हुन् । स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका […]


ग्लोबल आइएमई बैंकः सामाजिक उत्तरदायित्व बहनमा पनि त्यतिकै अब्बल

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था अर्थतन्त्रमा वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हुँदा मुलुकको दिगो विकासमा यी संस्थाको महत्वपूर्ण भूमिका रहने गर्दछ । मानवीय, सामाजिक र बाह्य वातावरणको संरक्षण हुन सकेमा मात्र वित्तीय क्षेत्र प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि हुने, वित्तीय स्थायित्व कायम हुने र संस्थाहरु अविच्छिन्न रुपमा दीर्घकालसम्म सञ्चालन गर्न सहज हुने […]


डिजेल र मट्टीतेलको मूल्य घट्यो

बैंकिङ खबर/नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।निगमले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।


पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

बैंकिङ खबर/पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निमगलाई निर्देशन दिएका छन्। सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्न प्रधानमन्त्रीले आजको मन्त्री परिषदको निर्णय अनुसार आयल निगमलाई निर्देशन दिएको जानकारी दिइन्। निगमले साविक मूल्यको सूची केहीबेरमा प्रकाशन गर्ने पनि उनले बताइन्। नेपाल […]


फेरि बढ्यो पेट्रोलियम पदार्थ मूल्य, हेर्नुहोस् कति पुग्याे ?

बैंकिङ खबर/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर […]


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थामा विशेष छुट

बैंकिङ खबर/ “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट […]


पुनरुत्थानको बाटोमा नेपाल फाइनान्सः सेवा प्रवाहमा अब्बल बन्दै

बैंकिङ खबर/ नीजि क्षेत्रको लगानीमा २०४९ सालमा स्थापना भएको नेपालको पहिलो फाइनान्स नेपाल फाइनान्स लिमिटेड यतिबेला आफुलाई पुनरुत्थानको बाटो लगेको छ ।  राष्ट्र बैंकले २०७१ सालमा नेपाल फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको थियो । संस्थागत सुशासनको चरम अभावका कारण संस्थाले प्रवाह गरेको ठूलो परिणामको कर्जा उठ्न नसकेपछि नियामक निकाय राष्ट्र बैंकले कारबाही गरेको थियो । राष्ट्र […]


ठूलो परिणामको सुन विमानस्थलबाट बरामद: तीन जना पक्राउ

बैंकिङ खबर/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याइएको ठूलो परिणाममा सुन बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालका अनुसार हङकङबाट ल्याइएको सामान चेकजाँच गर्दा सुन भएको खुलेपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई बुझाइएको छ । प्रवक्ता खनालका अनुसार १६० सेट प्याक भेटिएको हो । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका […]