बैंकहरुको मनलाग्दीमा सरकारकै कमजोरी

बैंकिङ खबर/ अर्थ मन्त्रालयद्वारा गठित ब्याजदर अध्ययन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । अर्थमन्त्री जनार्दन शर्मा मंगलबार अमेरिका उड्नुअघि नै प्रतिवेदन बुझाएको समितिले ब्याजदर बढ्नुमा सरकारकै कमजोरी औंल्याएको छ । समितिद्वारा बुझाइएको प्रतिवेदनमा बैंकहरुले ब्याजदर बढाउनुमा स्वयम सरकार, नियामक राष्ट्र बैंक र बैंकहरुकै कमीकमजोरी रहेको औँल्याइएको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो । बजारमा […]


अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी अमेरिका प्रस्थान

बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अमेरिका प्रस्थान गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सम्मेलनमा भाग लिनका लागि अर्थमन्त्री र गभर्नरसहित, अर्थसचिव कृष्णहरी पुष्कर, सहसचिव इश्वरीप्रसाद अर्याल लगायत अमेरिका उड्नुभएको हो । अर्थमन्त्री शर्मा अमेरिका उडेपछि अर्थमन्त्रालयको जिम्मेवारी ऊर्जामन्त्री पम्पा भुसाललाई दिइएको छ।


अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशतमाथि

बैंकिङ खबर/ अल्पकालीन ऋणको ब्याजदर दोहोरो अंकमा उक्लिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार नवीकरण गरेको २८ दिने ट्रेजरी बिल्सको ब्याजदर न्यूनतम ९.५४ र अधिकतम १०.९७ प्रतिशत कायम भएको छ। केन्द्रीय बैंकले जारी गरेको ९१ दिने, १८२ दिने र २६५ दिने ट्रेजरी बिल्सको ब्याजदर सबैको १० प्रतिशतभन्दा माथि रहेको छ। यसबाट के स्पष्ट हुन्छ भने बजारमा […]


वित्तीय अपराधको एउटा रुप ‘बैंकिङ फिसिङ’ : कसरी रहने सुरक्षित ?

बैंकिङ खबर । तपाईको इमेलमा कहिलेकाँही विभिन्न प्रलोभनसहित लिंकहरु पठाइएको हुनसक्छ । त्यहाँ तपाईले कुनै बम्पर पुरस्कार पाउनुहुने भएको, लक्की ड्रमा नाम परेको वा कुनै देशको भिसा लागेको भनि इमेलसहित लिंक पठाइएको हुन्छ । कहिलेकाँही तपाईलाई अज्ञात नम्बरबाट मेसेज पनि आउन सक्छ । त्यो मेसेजमा पनि तपाईलाई कुनै प्रलोभन देखाएर तपाईको बैंक तथा क्रेडिट कार्डसम्बन्धी जानकारी […]


राष्ट्र बैंकको नीतिका कारण अटोमोबाइल्स क्षेत्र कठिन परिस्थितिमा

बैंकिङ खबर/ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जीप, भ्यान र १५० सीसीभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधन आयातमा गरिएको प्रतिबन्ध नलम्ब्याउन सरकारसँग माग गरेको छ । सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण अटोमोबाइल्स क्षेत्र अत्यन्त कठिन परिस्थितिमा गुज्रिरहेको भन्दै नाडाले प्रतिबन्ध लम्ब्याउन नहुने बताएको छ । सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाव […]


जापनिज येन २४ वर्षयताकै सस्तो

बैंकिङ खबर/ जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्नेछ। बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो। १० जापनी येन बराबर ९ रुपैयाँ ०८ पैसा तोकिएको छ। त्यस्तै, एक डलरको लागि नेपालीले एक सय ३२ रूपैयाँ […]


बीमा कम्पनीमा मर्जरः ४ कम्पनीले कात्तिकभित्रै एकीकृत कारोबार गर्ने

बैंकिङ खबर/ हालसम्म १७ वटा बीमा कम्पनीले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कम्पनीलाई समितिले सैद्धान्तिक सहमति समेत दिइसकेको छ । सैद्धान्तिक सहमति पाएका ती कम्पनीहरूले एकीकृत कारोबार गर्ने मिति समेत तोकिसकेका छन् । जसमध्ये ४ वटा कम्पनीले कातिक महिनाभित्रै एकीकृत कारोबार गर्ने भएका छन् । सूर्या लाइफ र ज्योति लाइफ, प्राइम लाइफ, […]


घरजग्गा कित्ताकाटमा डिजिटल प्रणाली प्रयोगबारे यस्तो छ राष्ट्र बैंकको निर्देशन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकहरुको जग्गाको कित्ताकाटसम्बन्धी विवरणका लागि डिजिटल प्रणाली प्रयोगमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै अनलाइन प्रणाली ‘मेरो कित्ता प्रणाली’मार्फत् सेवा लिन निर्देशन दिएको हो । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स , लघुवित्त र पूर्वाधार विकास बैंकलाई एक निर्देशन जारी […]


प्रभु ग्रुपका अध्यक्ष भट्टचन एमाले समानुपातिक सूचीमा

बैंकिङ खबर/ प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेको सामानुपातिक सांसदको सूचीमा जनजाती समूहबाट पहिलो नम्बरमा सिफारिस हुनुभएको छ । एमालेले शुक्रबार टुंग्याएको समानुपातिक सांसदको सूचीमा भट्टचन जनजाति पुरुषमा पहिलो नम्बरमा राखिएको छ । केही वर्षदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका भट्टचन गत महाधिवेशन अगाडि संगठन विभाग उपप्रमुख मनोनयन हुनुभएको थियो । शेरबहादुर देउवालाई सभापतिमा पुनः […]


लक्ष्मी बैंकलाई डिएफसीले ५ करोड डलर बराबर प्रत्यक्ष ऋण दिने

बैंकिङ खबर/ लक्ष्मी बैंकलाई अमेरिकाको ‘अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम’ (डिएफसी) ले ४ करोड ५० लाख अमेरिकी डलर (५ अर्ब ८५ करोड रुपैयाँ) बराबरको प्रत्यक्ष ऋण दिने घोषणा गरेको छ। त्यसैगरी डिएफसीले लक्ष्मी बैंकलाई २५ लाख डलर (३२ करोड ५० लाख रुपैयाँ) बराबरको ऋण पोर्टफोलिया ग्यारेन्टी पनि प्रदान गर्ने घोषणा गरेको छ। डिएफसीका अनुसार कुनै […]