नक्कली भारुसँगै नेपालमा अब नक्कली डलरको विगविगी

नेपालमा नक्कली डलरको समेत छपाई हुने गरेको तथ्य भेटिएको छ  । प्रहरीले ३५ लाख नक्कली भारु बरामद गरेको समूहबाट १९ हजार अमेरिकी डलर समेत बरामद गरेपछि यो तथ्य बाहिर आएको हो । नेपालमा ६ महिनायता नक्करी भारतीय रुपैयाँको कारोबार पनि हुने गरेको देखिएको छ । यसअघि नेपाल नक्कली भारु तस्करीमा ट्रान्जिट रुपमा मात्र हुने गरेको […]


भारतीय रुपैयाँमा लगातार गिरावट

भारतीय रुपैयाँमा नौ दिनदेखिको लगातार गिरावट जारी छ । मंगलबारको शुरुवाती कारोबारमा डलरको तुलनामा भारु १८ पैसाभन्दा घटेर अढाई महिनायताकै न्यून ६७.६७ मा आएको छ । विदेशी मुद्रा कारोबार गर्ने व्यवसायीहरुका अनुसार आयात र बैंकको अझै माग भएकाले अरु मुद्राको तुलनामा डलरको भाउ तिब्र रुपले बढिरहेको हो । भारु सोमबार पाँच पैसा तल झरेर ६७.४९ […]


जापानका एटीएमहरुबाट झन्डै डेढ अर्ब येन चोरी

जापानभरिका १ हजार ४ सय एटीएम काउन्टरबाट करीब साढे १ अर्ब येन चोरी भएको खुलासा भएको छ । चोरीमा अन्तर्राष्ट्रिय समूह नै संलग्न रहेको बताइएको छ । जापानी सञ्चार माध्यकहरुमा जनाइएअनुसार, करिब एक सयको संख्यामा रहेका चोरहरुले ३ घण्टाभन्दा पनि कम समयमा टोकियो, अशोका लगायतका सहरमा रहेका एटीएमहरुबाट १ अर्ब ४० करोड येन (१ करोड […]


गरिबी निवारणका लागि ऋण दिँदै चिनियाँ कृषि विकास बैँक 

चीनको कृषि विकास बैँकले गरिबी निवारणको लागि करिब ४ खर्ब ५८ अर्ब अमेरिकी डलर बराबरको ऋण दिने घोषणा गरेको छ । चीनको नीति तथा योजनाको लागि यसअघि ऋण प्रदान गर्दै आएको बैँकले सन् २०२० सम्ममा गरिबी घटाउने लक्ष्यका लागि सो समयसम्ममा यो ऋण उपलब्ध गराउने बताइएको छ । जसअन्तर्गत, चीनको ग्रामीण भेगको विकासका लागि ११ […]


विश्व बैँकद्धारा नयाँ कार्यको सुरुवात : अब महामारी फैलिए बिमा हुने

अब महामारी फैलिए बिमा हुने भएको छ । बहुपक्षीय कर्जादाता निकाय ‘विश्व बैङ्क’ले महामारी बीमा योजना घोषणा गरेको हो । बैङ्कका अध्यक्ष जोम योङ किमले जापानको सेण्डाईमा चलिरहेको जी–सेभेनको बैठकमा शनिवार नयाँ ‘पण्डेमिक इमर्जेन्सी फाइनान्सिङ फ्यासिलिटी’ (पीईएएफ)को घोषणा गरेका हुन् । यस बीमा योजनाअन्तर्गत विश्वमा ठूलो महामारी फैलिएको स्थितिमा सोको रोकथाम र नियन्त्रणका लागि तीव्र […]


लन्डनसँग सुन राख्ने ठाउँ किन्दै चिनियाँ बैँक

आईसीबीसी स्टान्डर्ड बैँक लन्डन भल्ट(सुन राख्ने ठाउँ) किन्ने पहिलो चिनियाँ बैँक बन्ने भएको छ । बहुमूल्य धातूहरुको व्यवसाय विस्तार गर्ने योजनाअन्तर्गत आईसीबीसीले सो भल्ट किन्न लागेको जनाएको छ । २ हजार मेट्रिक टनसम्मको परिणामका बहुमूल्य धातू राख्न सकिने सो भल्ट आईसीबीसीले जुलाईमा किन्ने बताइए पनि यससम्बन्धि वित्तीय विवरण भने खुलाइएको छैन ।  लन्डनस्थित बारक्लेजले यस्तो […]


भारतबाट किन हात झिक्दैछ रोयल बैंक अफ स्कटल्यान्ड ?

रोयल बैंक अफ स्कटल्यान्ड (आरबीएस)ले भारतमा बैंकिङ कारोबार बन्द गर्ने भएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै यो वर्षको अन्त्यसम्म बैंकिङ कारोबार बन्द गरी भारतबाट निस्कने योजना रहेको जनाएको छ । हालसम्म विभिन्न ३८ देशमा बैँकिङ कारोबार गर्दै आएको बैँक विश्वव्यापी बैंकिङ कारोबार १३ देशमा मात्र सीमित गर्ने योजनाअन्तर्गत भारतबाट बाहिरिन लागेको हो ।  […]


विद्यालय पुनर्निर्माणमा अमेरिकी वित्तीय कम्पनिको ५० लाख सहयोग

एक अमेरिकी वित्तीय कम्पनी क्यापिटल फन्डिङ समूहले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको एक विद्यालय पुनःनिर्माण तथा स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ । अमेरिकाको बाल्टिमोरमा मुख्य कार्यालय रहेको सो समूहले गरेको सहयोगमध्ये ३५ लाख कविलास माध्यामिक विद्यालायको र १५ लाख रूपैयाँ आधारभुत स्वास्थ्य सेवा क्लिनिकमा खर्च गरिने जनाइएको छ । नुवाकोटको कविलास […]


चिनमा बाझियो मौद्रिक नीति : कार्मेन रिनहार्टको विश्लेषण

चिनियाँ नीति निर्माताहरूले आफ्नो मुलुकको समस्यालाई सम्बोधन गर्नका लागि लिएको लक्ष्य अमिल्दो देखिएको छ । समस्याग्रस्त बैंकहरूलाई र थलिएको अर्थतन्त्रलाई तरलता उपलब्ध गराउँदा एउटा विस्तारित अवधिमा केन्द्रीय बैंकहरू स्थिर विनिमय दर कायम गर्न असक्षम हुँदै आएका छन् । वास्तवमै मौद्रिक अभावले स्वदेशी बैंकहरू र वास्तविक अर्थतन्त्रमा मुद्रामाथिको गतिविधि तीव्र पार्ने आवश्यकता पर्ने भएसँगै सो लक्ष्य […]


बेलायतमा विदेशी मुद्रा अभाव हुने संकेत, आईएमएफले दियो यस्तो सुझाव

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बेलायतको केन्द्रीय बैङ्कलाई विदेशी विनिमय स्वापका लागि तयार हुन सुझाव दिएको छ । जुन २३ मा बेलायतको यूरोपेली सङ्घको सदस्यताको विषयमा हुने जनमत सङ्ग्रहले विश्वको सबैभन्दा ठूलो मुद्रा कारोबार हुने बेलायतलाई प्रभावित पारेमा बैङ्क अफ इङ्ल्याण्ड (बीओई)ले अन्यत्रका केन्द्रीय बैङ्कसँग विदेशी मुद्रा माग्नुपर्ने स्थिति सृजना हुन सक्ने भन्दै कोषले यस्तो सुझाव […]