क्यानाडाको अर्थतन्त्र २.९ प्रतिशतले वृद्धि

बैंकिङ खबर/क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको छ । मंगलबार सार्वजनिक तथ्यांक अनुसार तेस्रो त्रैमासिकमा २.९ ले अर्थतन्त्र वृद्धि भएको हो । यसरी अर्थतन्त्रमा सुधार आउनुमा उच्च निर्यात र गैर–आवासीय संरचनाहरूमा जुलाईदेखि सेप्टेम्बर अवधिमा लगानी, व्यापार सूचीमा बढोत्तरी, आवास र घरेलु खर्चमा गिरावटलगायतका कारणहरू प्रमुख रहेका छन् । विश्लेषक रोयस मेन्डेसका अनुसार ‘ठोस […]


हङकङमा घरजग्गाको भाउ पाँच वर्षयताकै कम

बैंकिङ खबर/हङकङका आवासीय भवनको भाउ पाँच वर्षयताकै कम विन्दुमा आइपुगेको छ । पछिल्लो समय विश्वव्यापी र स्थानीय वित्तीय अवस्था कमजोर बनेसँगै हङकङमा आवासीय भवनको भाउ पनि कमजोर बनेको हो । सोमबार सार्वजनिक गरिएको घरजग्गाको भाउको सूचकअनुसार उक्त सूचक मासिक २.४ प्रतिशतले घटेको छ । यससँगै यो सूचक ३५२.४ अंकमा आइपुगेको छ । यो अंक सन् […]


विदेशी विनिमय बिक्री गर्दै अफगानिस्तान

बैंकिङ खबर/ अफगानिस्तानको केन्द्रीय बैंक(डिएबी) ले राष्ट्रिय मुद्राको विनिमय दर लाई स्थिर गर्ने प्रयासको एक भागको रूपमा १७ मिलियन अमेरिकी डलर लिलाम गर्ने निर्णय गरेको छ । विगत केही सातादेखि विदेशी मुद्रा विशेषगरी अमेरिकी डलरको तुलनामा अफगानिस्तानको मुद्रा अफगानी मुद्रामा गिरावट आएको छ । गत साता एक अमेरिकी डलरको विनिमय दर ८८ अफगानी थियो भने […]


बेलायतको मुद्रास्फीति ११ प्रतिशत माथि

बैंकिङ खबर/बेलायतको अर्थतन्त्रमा पनि संकट देखिएको छ। युक्रेन र रुस युद्धका कारण इनर्जी कस्ट बढ्दा बेलायतमा अक्टोबर महिनादेखि मुद्रास्फीति झनै बढेको छ। विगत १२ महिनामा बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतबाट बढेर ११.१ प्रतिशत पुगेको हो। हाल बेलायतमा खाद्य तथा ग्यासको मूल्य अत्याधिक मात्रामा बढेको छ। गएको एक वर्षमा ग्यासको मूल्य मात्रै १३० प्रतिशतले बढेको छ भने […]


क्रिप्टो कम्पनी एफटीएक्सको १६ बिलियनको सम्पत्ति शुन्य

बैंकिङ खबर/क्रिप्टो कम्पनी एफटीएक्स ट्रेडिङ लिमिटेडका सह–संस्थापक सैम बैंकम्यान फ्राइडको १६ बिलियन नेट वर्थ शुन्यमा पुगेको छ । यो इतिहासमा सबैभन्दा ठूलो गिरावट हो । कुनै बेला एक बिन्दुमा साम बैंक्सम्यानको कुल सम्पत्ति २६ बिलियन पुग्यो। टीएफएक्स विश्वको दोस्रो ठूलो सम्बद्ध क्रिप्टो ट्रेडिंग कम्पनी थियो। ब्लूमबर्ग अर्बपति सूचकांकले यो कम्पनीको कारोबार मूल्य शुन्य देखाउँदै छ। […]


कतारमा नयाँ नोट प्रचलनमा

बैंकिङ खबर/ कतारको सेन्टर बैंकले २२ रियालको नयाँ नोट जारी गरेको छ । कतारमा सञ्चालन हुने २२ औं संस्करणको फिफा विश्वकपको तयारीमा रहेको कतारमा बैंकले नयाँ नोट प्रचलनमा ल्याएको हो । फिफा र सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसीसँगको समन्वयमा बुधबार विश्वकप विशेष नोट र सिक्का सार्वजनिक गरिएको हो । नोट र सिक्कामा विश्वकपको लोगो, […]


हङकङमा तरलता अभाव चुलियो

बैंकिङ खबर/ हङकङको डि फ्याक्टो केन्द्रीय बैंकले स्थानीय मुद्रालाई सहयोग गर्न मौद्रिक हस्तक्षेप गरेको छ । हङकङको तरलता एक खर्ब हङकङ डलरभन्दा कममा झरेसँगै केन्दीय बैंकले नयाँ कदम चालेको हो । हङकङ मनिटरी अथोरिटी (एचकेएमए)ले ३८ करोड ९० लाख अमेरिकी डलर सञ्चिति बिक्री गरेर सोही बराबरको ३ अर्ब ५ करोड एचके डलर साटको हो । […]


इंग्ल्याण्डमा ब्याजदर तीन दशक यताकै उच्च वृद्धि

बैंकिङ खबर/ बैंक अफ इंग्ल्याण्डले ब्याजको आधार दर तीन दशक यताकै उच्च वृद्धि गरेको छ । सो बैंकले आधार दर ०.७५ प्रतिशतले बढाएर तीन प्रतिशत पुर्याएको छ । यो पछिल्लो तीन दशक यताकै उच्च वृद्धि हो । बैंक अफ इंग्ल्याण्डले ब्याजदरमा भएको बढोत्तरीका विषयमा बोल्दै बेलायत पहिलेदेखि नै आर्थिक मन्दीमा रहेको र अब लामो समयसम्म […]


हङकङमा छैटौं पटक बढ्यो ब्याजदर

बैंकिङ खबर/ हङकङको डिफ्याक्टो केन्द्रीय बैंकले ब्याजको आधार दर ७५ आधार अंकले बढाउने निर्णय गरेको छ । हङकङको लागि पछिल्लो ८ महिनामा छैटौंपटक ब्याजदर बढेको हो। बढ्दो महँगी नियन्त्रणको लागि भन्दै हङकङमा ब्याजदर बढाइन लागेको हो । यससँगै हङकङमा ब्याजको आधार दर १४ वर्षयताकै उच्च ४.२५ प्रतिशतमा पुगेको छ। यो निर्णय तत्कालै कार्य‍ान्वयनमा आउन हङकङ […]


स्वीस बैंकले ९ महिनामा १ खर्ब ४३ अर्ब डलर गुमायो

एजेन्सी । स्वीजरल्यान्डको केन्द्रीय बैंक, स्वीस नेशनल बैंकले सन् २०२२ को ९ महिनामा १ खर्ब ४३ अर्ब डलर गुमाएको छ । ४० वर्ष यताकै उच्च हुन पुगेको मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले निरन्तर रुपमा ब्याजदर बढाएपछि मानिसहरुले सुरक्षित लगानीका रुपमा डलरमा लगानी गरिरहेका छन् । डलरको माग बढ्दै गएपछि डलरको मूल्य पनि बढेको छ । यसैक्रममा […]