डिम्याट शेयर के हो ? कसरी लिने फाइदा ?

डिम्याट प्रणाली अन्तर्गत लगानीकर्ताहरुले शेयर खरिद गर्दा कागजी प्रमाणपत्र नभइ ईलेक्ट्रोनिक शेयर आफ्नो खातामा प्राप्त गर्नेछन् । तर डिम्याट प्रणाली अन्तर्गत कारोबार गर्नपुर्व लगानीकर्ताले डिपी(डिपोजिटरी पार्टिसिपेन्ट्स) मा गएर डिम्याट खाता खोल्नु आवश्यक छ । आफ्नो खातामा कुन कम्पनीको के कति कित्ता शेयर रहेको छ भन्ने बारेमा बिस्तृत बिवरण लगानीकर्ताले आफुले डिम्याट खाता खोलेको डिपि अथवा


के हो भित्री धितोपत्र कारोबार ? यसले कसरी बढाउँछ शेयर मूल्य ?

नियमानुसार कम्पनिका लगानीकर्तासमक्ष सार्वजनिक गर्नुपर्ने तर निर्णय भइनसकेका सूचनाहरुका आधारमा भएको धितोपत्र कारोबारलाई भित्री कारोबारका रुपमा लिइन्छ । धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ९१ (१) का अनुसार, सार्वजनिक नभएका र धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री वा गोप्य सूचना तथा जानकारीका आधारमा कुनै व्यक्तिले धितोपत्र कारोबार गरेमा, अरुलाई त्यस्तो कारोबार गर्न लगाएमा र आफूलाई


कमोडिटी मार्केट के हो ? कसरी गर्ने लगानी ?

कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले यस्ता वस्तुहरूको व्यवस्थित तवरले एक्सचेञ्जमार्फत कारोबार हुन्छ । यो प्रणालीमा वस्तुहरूको कारोबार


के हो ओटीसी मार्केट ? कसरी हुन्छ यसमा कारोबार ?

सेयर बजार व्यापारमा ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नता बिना सिधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणाली ओटीसी बजार हो । यसमार्फत हुने व्यापारलाई छोटकरीमा ओटीसी अर्थात् ओभर दी काउन्टर भनिन्छ । सामान्यतयाः नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरूको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले


वित्तीय साक्षरतामा धितोपत्र बजार : जान्नैपर्ने शव्दाबलीहरु

धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् । तपाईँको यस्तै


अग्राधिकार शेयरबारे सम्पूर्ण जानकारी

कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण शेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार शेयर भनिएको हो । यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार शेयरवालाहरुको अग्राधिकार हुन्छ ।


६१ वर्षको यात्रामा राष्ट्र बैँक, राष्ट्र बैँकबारे सम्पूर्ण जानकारी

नेपाल राष्ट्र बैंक तत्कालीन राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकार र नियामक संस्था पनि भन्ने गरिएको छ । नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने,


साधारण शेयरसम्बन्धि नालीबेली 

कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी रहने रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ । साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको स्वामी (इधलभच) मानिन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण शेयरवालाहरुले बढी जोखिम उठाउनुपर्दछ । साधारण शेयरमा दिइने लाभांशको दर निश्चित


के हो शाखारहित बैँकिङ ? कसरी लिने सेवा ?

बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक


वित्तिय साक्षरतामा रोजगार बचतपत्र : कसरी प्रयोग गर्ने (विवरणसहित)

बैदेशिक रोजगारीबाट नेपाल भित्रिने रेमिट्यान्सलाई मुलुकको उत्पादनशील क्षेत्रमा परिचालन गर्ने उद्देश्यस्वरुप सरकारले वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने गरेको छ । यसैबिच नेपाल सरकारको तर्पmबाट राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा वैदेशिक रोजगार बचतपत्र २०७७“क” निष्कासन गरिँदै छ । २५ करोड रुपैँयाको यो बचतपत्र पाँच वर्षे रहेको छ । प्रत्येक ६ महिनामा व्याज प्राप्त हुने गरी व्याजकरबाहेक ९


यसकारण फरक छन् बैँकिङ र ईबैँकिङ

परम्परागत बैँकिङ र ईबैँकिङ दुबैमा फाइदा र बेफाइदा तथा सकारात्मक र नकारात्मक पक्ष छन् । उपभोक्ताले यी दुबै प्रकारका अथवा यीमध्ये एक सेवा प्रयोग गर्न सक्छन् । परम्परागत बैँकिङ र ईबैँकिङबीचको फरक निम्नानुसार छन् ।  परम्परागत बैँकिङ परम्परागत बैँकिङमा, एक उपभोक्ताले बैँकमा गएर बैँक एकाउन्ट खोल्छ, स्थानीय बैँकमा पैसा जम्मा गरेर बचतको सुविधा लिन्छ ।


वित्तिय साक्षरतामा नेपाल राष्ट्र बैंक अर्थात केन्द्रीय बैंक : काम, कर्तव्य र अधिकार 

नेपाल राष्ट्र बैंक तत्कालीन राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकार र नियामक संस्था पनि भन्ने गरिएको छ । नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने,


‘क’ ‘ख’ ‘ग’ र ‘घ’ बर्गका बैंकबारे जानकारी, कसरी दिन्छन् सेवा ? (विवरणसहित)

बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् । तथा आवशयक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुनह राख्न


वित्तिय साक्षरतामा विमा : विमा र निर्जीवन बीमा के हो ?

आर सी पोख्रेल बीमा भौतिक तथा मानवीय क्षतिको क्षतिपुर्ति प्राप्त गर्ने एक किसिमको सम्झौता हो । बीमा गरिसकेपछि पहिलो पक्ष अर्थात् बीमित व्यक्तिले आफ्नो वस्तु वा दायित्वको कुनै जोखिमहरूका विरूद्ध आर्थिक सुरक्षाको निम्ति पूर्वघोषित सानो रकम बुझाए वापत दोस्रो पक्ष अर्थात् बीमकले पहिलो पक्षलाई आर्थिक सुरक्षा प्रदान गर्दछ । जीवन तथा निर्जीवन गरी बीमा दुई