२०७३ भाद्र १७ गते

एनआइसी एसिया बैंकद्धारा दुई होनाहार क्रिकेटरलाई प्रायोजन 

एनआइसी एसिया बैंकले नेपालका राष्ट्रिय क्रिकेट खेलाडी राजु रिजाल र अन्डर नाइन्टिन टोलीका खेलाडी प्रेम तामाङलाई प्रायोजन गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा खेलाडीद्धय राजु तथा प्रेम र बैंकबीच दुई वर्षका लागि सम्झौता भएको हो । बैंकले राजु र प्रेमलाई मासिक रूपमा समान २०/२० हजार रुपैयाँका दरले दुई वर्षसम्म उपलब्ध गराउने छ । नेपाल क्रिकेट खेलाडी संघको सहयोगमा राजु र प्रेमले बैंकमा आबद्ध हुने अवसर पाएका हुन् । 

DSC_7727 (Small)

राजु र प्रेमले यो अवसरले आफ्नो खेल जीवनमा थप हौसला मिलेको भन्दै आउने दिनमा देशका लागि राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । राजु रिजाल अन्डर नाइन्टिन क्रिकेट टोलीका कप्तान समेत हुन् । त्यस्तै, प्रेम तामाङ अन्डर नाइन्टिन क्रिकेट टोलीका अलराउण्डर हुन् । यता, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटको विकासका लागि खेलाडीको जीवन सुनिश्चित हुनु पर्ने भन्दै अन्य खेलाडीलाई विभिन्न क्षेत्रमा आबद्ध गर्नुपर्ने बताएका छन् ।