November 21st, 2021

घरजग्गाको मुल्य कसरी बृद्धि हुँदैछ ? यस्तो छ सर्वेक्षण प्रतिवेदन : (पूर्ण पाठसहित)

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले हालै घरजग्गाको मूल्य सर्बेक्षण गर्दे सो को एक अध्धयन सामग्री सार्बजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार वाणिज्य बैंकको तथ्याङ्कका आधारमा वार्षिकरुपमा घरजग्गाको मूल्यमा वृद्धि हुँदै गएको पाइएको हो।

मालपोत कार्यालयको विवरणका आधारमा भने औसतमा १९।४५ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ। घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले मुलुकको समग्र आर्थिक स्थायित्वमा नै प्रतिकूल प्रभाव पार्न सक्ने र यस क्षेत्रको मूल्य स्थितिका सम्बन्धमा जानकारी राख्नुपर्ने भएकाले अध्ययन गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए।

घरजग्गा क्षेत्रको मूल्य सूचकाङ्क निर्माण गरि घर जग्गामा मुद्रास्फिती मापन गर्न पनि अध्ययन जरुरी रहेको राष्ट्र बैंकको ठहर छ। आगामी दिनमा हरेक तीन महिनामा घरजग्गाको मूल्य सूचकाङ्क प्रकाशित गर्ने तयारीसमेत गरीएको छ।

राष्ट्र बैंकले विभिन्न २० जिल्लाका मालपोत कार्यालयमा भएको घरजग्गाको किनबेच र क वर्गका विभिन्न छ वटा वाणिज्य बैंकले प्रवाह गरेको ऋणका आधारमा सर्वेक्षण गरेको हो। बैंकले अध्ययनका लागि चयन गरेको नमूनाको प्रतिवर्गमिटर मूल्य एउटै आउने अवस्थामा सरकारले तोकेको न्यूनतम मूल्यका आधारमा धेरैजसो कारोबार हुने पाइएको छ।

नेपाल राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनामा व्यवस्था भए बमोजिम नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण कार्य सम्पन्न गरी घरजग्गा मूल्य सूचकाङ्क गणना कार्य सुरुआत गरिएको छ । यसबाट घरजग्गाको मूल्यमा आएको परिवर्तन मापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस प्रकारको घरजग्गाको मूल्य सूचकाङ्कले वितीय तथा समष्टिगत आर्थिक नीति निर्माणमा सहयोग पु¥याउने छ ।
अन्य मूल्य सूचकाङ्कको तुलनामा घरजग्गा मूल्य सूचकाङ्कको निर्माण जटिल रहेको छ । खासगरी घरजग्गाको प्रकृति र विशेषताहरू फरक फरक हुने, नेपालमा घरजग्गा कारोवारको औपचारिक प्रकृतिको बजार विकास भइनसकेका कारण आधिकारिक रूपमा मूल्य प्राप्त हुने अवस्था नभएको र घरजग्गा किनबेचको यथार्थ मूल्य सहजै पाउन नसकिने अवस्था रहेको छ । त्यसैल अन्य देशहरूमा अवलम्बन गरेका घरजग्गा सूचकाङ्क निर्माणमा प्रयोग गरेका विधिहरू नेपालको सन्दर्भमा अवलम्बन गर्न कठिन रहेको छ ।
यसै परिप्रेक्ष्यमा मालपोत कार्यालयहरूमा घरजग्गा पास गर्दाका राखिने थैली रकम र बैंकहरूमा कर्जा लिदा धितोको रूपमा घरजग्गा राख्दा गरिने मूल्याङ्कनलाई आधार मानेर घरजग्गाको मूल्य सूचकाङ्क निर्माण गरिएको छ । घरजग्गा मूल्यका तथ्याङ्कका आधारहरू सुधार हुँदै गएसँगै परिमार्जित विधिहरू अवलम्बन गरी भविष्यमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण गर्न सहज हुने आशा गर्न सकिन्छ ।

घरजग्गा मूल्य सर्वेक्षण लागि समग्रमा दुईवटा स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ । मालपोत कार्यालय र वाणिज्य बैंकबाट प्राप्त तथ्याङ्कहरू रहेका छन् । तथ्याङ्क सङ्कलन गर्दा प्रारम्भिक सर्वेक्षणको आधारमा सबैभन्दा धेरै घरजग्गा कारोबार हुने स्थानहरू छनोट गरिएका छन् । आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्ष कायम गरी पछिल्ला आर्थिक वर्षहरूमा घरजग्गा कारोबारमा भएको मूल्यवृद्धि मापन गरिएको छ । यो प्रतिवेदनसँगै आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौ महिनामा घरजग्गा कारोबारमा भएको मुल्य बृद्धिलाई समेत यसै प्रतिवेदनको साथ प्रकाशित गरिएको र अब उप्रान्त हरेक त्रयमासमा घरजग्गा मुद्रास्फीति गणना गरी प्रकाशित गरिनेछ ।

पूर्ण विवरण यस्तो छ ।

HPI Survey Report (1)

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]