२०७३ भाद्र १५ गते

कैलाश विकास बैंकको ३७औँ शाखा पोखराको बिरौटामा

kailashराष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गरिरहेको “कैलाश विकास बैंक लि.” ले पोखराको बिरौटामा आफ्नो ३७ औँ शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुधबार एक समारोहका साथ उक्त शाखाको उद्धाटन गरे । साथै पोखराको बगरमा अर्को नयां शाखा संचालन गर्ने तयारी समेत भई रहेको जनाइएको छ ।

यस संस्थाको २०७३ आाषढ मसान्तमा चुक्ता पूंजी रु १ अरव ५८ करोड पुगेको छ भने २०७३ आषाढ मसान्त सम्ममा रु. १५ अरब ६ करोड निक्षेप संकलन गरी रु. १३ अरब ५० करोड कर्जा प्रवाह गरेको छ । गत आ.व.मा यस संस्थाले करिव ४४ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले उक्त चुक्ता पूंजीको बीस प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिई सकेकोछ ।

हालसम्मको प्रकाशित बिवरणको आधारमा विकास बैंकहरु मध्ये यो कैलाश विकास बैंक सबै भन्दा ठूलो विकास बैंक हुन पुगेको छ । संस्थाले विभिन्न जिल्लाका ३७ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोबाईल बैंकिङ्ग सुविधा सुविधा तथा १७ वटा एटीएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।