२०७३ भाद्र १४ गते

लक्ष्मी लघुवित्तले पायो हकप्रद निष्काशनको अनुमति

laxmiलक्ष्मी लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट स्विकृति पाएको छ । ११ करोड रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तले गत वर्ष नै हकप्रद निष्काशन गर्ने तयारी सुरु गरेको थियो । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैंया ७७ पैसा रहेको छ ।