Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

उत्पादनमुलक उद्योगको स्थापना सरकारको प्राथमिकता !

२०७८ भाद्र १८ गते

बैंकिङ खबर । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उत्पादनमुलक उद्योगको स्थापना तथा सञ्चालनलाई प्राथमिकता दिएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले गरेको भर्चुअल कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सरकार अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको भन्दै दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगसहित साना तथा मझौला उद्योग सञ्चालनका लागि आईएफसीसँग सहकार्य गर्न सकिने बताउनुभयो । आयात अत्याधिक बढेको अबस्थामा आयातलाई घटाउने सरकारको मुख्य लक्ष्य रहेको उहाँको भनाई छ ।