Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

अफगानस्तानको केन्द्रीय बैंकमा १० अर्ब डलरको सम्पति !

२०७८ भाद्र १० गते
An Afghan security guard keeps watch in front of the Kabul Bank in Kabul on September 1, 2010. Afghanistan’s central bank governor said that the country’s biggest bank, Kabul Bank was in no danger of collapse following allegations of corruption in the US media. AFP PHOTO/SHAH Marai (Photo credit should read SHAH MARAI/AFP via Getty Images)

बैंकिङ खबर । तालेवानले अफगानस्तानमा कब्जा जमाएपनि अफगानस्तानको १० अर्ब डलर रकम उनीहरुले नपाउने भएका छन् । अफगानस्तानको केन्द्रीय बैंक बैंक अफ अफगानस्तानले सबै रुपैँया लुकाएको छ । बैंकले धेरैजसो सम्पति अफगानस्तानको बाहिर नै राखेको जनाइएको छ । एक अफगान अधिकारीका अनुसार सेन्ट्रल बैंकले आफ्नो ढुकुटीमा विदेशी मुद्रा, सुन र अन्य बहुमूल्य सामानहरु लुकाएको छ ।

अधिकाशं सम्पति देश बाहिर
अफगानस्तानको अधिकाशं सम्पति देश बाहिर नै राखिएको छ । यद्यपी तालेवानले भने शनिबार एक कार्यक्रममा बोल्दै सबै सार्वजनिक सम्पति, सार्वजनिक सुविधा र सरकारी कार्यालय राष्ट्रको सम्पति रहेको भएको बताउदै यसको सुरक्षा गर्नु आवश्यक रहेको बताए । यो सम्पति तालेवान विद्रोहीको पहुँच बाहिर रहेको छ । अफगानस्तानको केन्द्रीय बैंकका गभर्नर अजमल अहमदीले समेत सामाजिक सञ्जाल मार्फत आइतबार बैंकको पद छाडेको बताएकाछन् । त्यहाँका राष्ट्रपति असरफ घानी र अन्य प्रमुख अधिकारी देश बाहिर गइसकेकाछन् ।

१.३ अर्ब डलरको सुन भण्डार
रिपोर्ट अनुसार अफगानस्तानको केन्द्रीय बैंकमा १० अर्ब डलरको कुल सम्पति छ । यसमा १.३ अर्ब डलर सुनको भण्डार, ३६.२ करोड डलरको विदेशी मुद्राको भण्डार रहेको छ । यता, अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले समेत समेत अफगान सरकारको केन्द्रीय बैंकको सम्पति तालेवानलाई नदिने बताएका छन् । अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंक ‘द अफगानिस्तान बैंक’को करिब ९।५ बिलियन ९११ खर्ब २८ अर्ब नेपाली रुपैयाँ भन्दा बढी० रकमको सम्पत्ति रोक्का गरेको छ। अमेरिकाको ट्रेजरी विभागले तालिवानलाई कालोसूचीमा राख्दै यस्तो निर्णय लिएको हो । यस अघि अफगानिस्तानको केन्द्रीय बैंकका निमित्त प्रमुख अजमल अहमादीले ट्वीटमार्फत अमेरिकाबाट अफगानिस्तानमा अब कुनै डलर प्राप्त नहुने बताएका थिए । रोक्का गरिएको अफगानी केन्द्रीय बैंकको रकम न्यूयोर्क फेडरल रिजर्भ र अमेरिकास्थित अन्य वित्तीय संस्थामा राखिएको जनाइएको छ। यद्यपी तालिवानले एक विज्ञप्ती जारी गर्दै देशको रकम, कोष, सुविधा तथा सरकारी कार्यालयहरु देशको सम्पत्ति भएकोले त्यसको सुरक्षा आफ्नो जिम्मेवारी रहेको उल्लेख गरेको थियो । हालसालै अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि उक्त रकममा उनीहरूको पहुँच रोक्ने उद्देश्यले अमेरिकाले यस्तो कदम चालेको हो। ।