Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘नाडा अटो सो’भर हिमालयन बैंकले सहुलियत सवारी साधन कर्जा दिने : यसरी हुनुस् सहभागी

२०७३ भाद्र १३ गते

himalayan bankहिमालयन बैंक लिमिटेडले हाल सञ्चालन भइरहेको नाडा अटो सोलाई मध्यनजर गर्दै सवारी साधन कर्जामा विशेष छुट तथा सुविधा प्रदान गरेको छ । यस अटो सो अवधिभर बैंकले वार्षिक ६.५०% (व्यक्तिगत) र  बार्षिक ९.००% (व्यावसायिक) ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो । साथै बैंकले कर्जा सेवा शुल्कमा समेत विशेष छुट दिई ०.२५% मात्र निर्धारण गरेको छ । 

ब्यक्तिगत सवारी साधनको लागि कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने बताइएको छ । कर्जा भुक्तानीको अवधि ८ वर्षको रहने समेत बैंकले जानकारी गराएको छ । त्यसैगरि व्यावसायिक प्रयोजनका सवारी साधनको लागि मूल्यको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने र कर्जा भुक्तानीको अवधि ५ वर्षको रहनेछ ।  

सवारी साधन खरिद गर्न इच्छुक व्यक्तिहरुले नाडा अटोसोमा रहेको बैंकको काउन्टरमा आफ्नो नाम दर्ता गराई कर्जा प्रकृयामा सहभागी हुन सक्नेछन् । 

Ad